नेपाल प्रहरी भित्र चर्चामा आउँने नाम मध्ये एक नाम हो सुदिप गिरी । प्रहरीले संचालन गर्ने अप्रेसनहरुमा सुदीप गिरी अब्बल’ प्रहरी अधिकारीको रुपमा परिचित छन् । २०५२ साल भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका गिरी अहिले डिआईजीमा बढुवा भएका छन् ।
उनी नेपाल प्रहरीका एक अब्बल र निस्कलंकित प्रहरी अधिकारी हुन । कानुन कार्यान्वयन, विधिको शासन र प्रहरी संगठनको निर्देशनमा अगाडि बढ्ने गिरी बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् ।
नेपाल प्रहरीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रहरी अधिकृत रूपमा चिनिने सुदीप गिरिले विभिन्न जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर काम गरिसेका गिरीको सरुवा हाल १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा भएको छ ।
राजधानी काठमाडौको चुनौतिपूर्ण सुरक्षा कमाण्ड सम्हालेको ६ महिना नबित्दै गिरि एसएसपीको पदबाट डिआईजीमा बढुवाको सिफारिसमा पर्न सफल भए। राजधानी काठमाडौको अत्यन्तै संवेदनशील मानिने शान्ति सुरक्षाको कमाण्ड समालेका गिरीले छोटो समयमा महानगरीय प्रहरी कार्यालय टेकुमा आफ्नो कार्यकाल उत्कृष्ट बनाए ।
६ महिनाको अवधिमा राजधानी काठमाडौको शान्ति सुरक्षालाई मजभुत बनाएका गिरीको कार्यकाल विवादास्पद बनेन् । उनले अवैध कारोबार तथा जुवातास जस्ता विकृतिहरुको उठिबास नै लगाइदिए ।
उनको कार्यकालमा फरार अभियुक्त तथा अपराधीहरु पक्राउ, अवैध कारोबार, हुण्डी कारोबारि, कर्तब्य ज्यान आदि घटनासँग सम्बन्धित व्यक्ति तथा समुह धेरै पक्राउ परे ।
प्रतिक्रिया