सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार अर्था भोलि बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
प्रतिक्रिया