बैतडीको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरू गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो।
पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीय समेत निराश भएका छन्।
आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरूले बताए। बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दीनेश विष्टले जानकारी दिए।
प्रतिक्रिया