आज अर्थात सोमबार विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ ।
सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो ।
कति छ विश्वमा जनसंख्या ?
संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख छ ।
जसमा ६५ प्रतिशत मानिस १६ देखि ६४ वर्ष उमेरका छन् ।
६५ वर्षभन्दा माथिका १० र १४ वर्षभन्दा मुनिका २५ प्रतिशत मानिस छन् ।
कोषका अनुसार अबको केही महिनामा विश्वको जनसंख्या ८ अर्ब पुग्ने छ ।
प्रतिक्रिया