नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका छन् ।
श्रेष्ठले विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहेसम्म मुलुक नबन्ने बताउँदै देशलाई बदल्न पार्टीहरूले आफूलाई बदल्नु नेपालको आजको मुख्य आवश्यकता भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसलाई सारतत्त्वमा आत्मसात् गर्दै हाम्रो पार्टी नेकपा ९माओवादी केन्द्र ] को २०७८ मा बसेको केन्द्रीय समितिको बैठक र पुसमा सम्पन्न आठौँ महाधिवेशनले आफूलाई रूपान्तरण गर्ने निष्कर्ष सहित त्यस दिशामा घनिभूत ढङ्गले अघि बढ्ने सङ्कल्प गरेको थियो ।
प्रतिक्रिया