पूर्वप्रधानमन्त्री सिन्जो आबेको बौद्ध मन्दिरमा अन्त्येष्टि गरिने


शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो ।

सोमबार, शिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा राखे । उक्त सभामा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्डलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए ।

शिन्जो आबेलाई पछाडिबाट गोली लागेको थियो । जापान टाइम्सका अनुसार गोली लागेका आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र रगत बगेको थियो ।

प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।

संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ । उनी नारा शहरका बासिन्दा हुन् । जापानको राज्य प्रसारक एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेको हो ।