राजबाबु महर्जनले पाए प्रहरी वृत्त स्वयम्भुको जिम्मेवारी


प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त स्वयम्भुको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपीं) राजबाबु महर्जनलाई दिएको छ ।

गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई केन्द्रीय कारागार, सुन्धारामा साथी भेट गराइदिन सहजिकरण गरेको देखिएपछि केसी जिम्मेवारीबाट हटाइएका थिए ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा गठित छानबिन समितिले केसीले नियतवस नभइ लापरबाही गरेर प्रहरी आचरण विपरीतको काम गरेको निष्कर्ष निकालेको थियो ।