उपचारको लागि विदेश धाउँनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छ – विद्यादेवी भण्डारी


राष्ट्रपति विद्या भण्डारीले उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौंमा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले सर्वसाधारणलाई पायक पर्ने स्थानमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताएकी हुन् ।