रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी अधिकारीलाई नेकपा एमालेले कारबाही गर्न माग गरेको छ ।
आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए ।
त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रतिक्रिया