युक्रेनका राष्ट्रपतिले गरिन लडाइँमा हतियार सहयोग गर्न अमेरिकालाई आग्रह


युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीकी पत्नी ओलेना जेलेन्स्काले रुसविरुद्धको लडाइँमा हतियार सहयोग गर्न अमेरिकालाई आग्रह गरेकी छन् । अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले हतियारको सहयोग मागेकी हुन् ।

वाशिङ्गटनमा भावुक सम्बोधन गर्दै उनले भनिन्, ‘मैले हतियार मागिरहेकी छु, यस्तो हतियार जसको प्रयोग अरु कसैको भूमिमा युद्ध छेड्नका लागि होइन बरु कसैको घरको घरको रक्षाका लागि प्रयोग गरिने छ ।’ रुसी आक्रमण पूर्वी युक्रेनभन्दा अगाडि बढाउने घोषणा गरेको बेला जेलेन्स्कीकी पत्नीले हतियार माग गरेको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण थालेको पाँच महिनाभन्दा बढी समय भइसकेको छ । यसबीचमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले युक्रेनका राष्ट्रपतिकी पत्नी अमेरिका भ्रमणमा छिन् । यद्यपि उनी युक्रेन सरकारको आधिकारिक कुनै जिम्मेवारीमा छैनिन् ।

गत मंगलबार उनले अमेरिकी राष्ट्रपति जो बाइडन र सोमबार विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग कुराकानी गरेकी थिइन् ।