साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ ।
केन्द्रिय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको हो । शुक्रबार नेप्से २७.२६ अंक ९१.३३ प्रतिशत०ले गिरावट भएर २०१७.४६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचक घटेका छन् । व्यापार उपसूचक सर्वाधिक २।४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक र अन्य उपसूचक २.१४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.३ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया