तीनजना किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा फेला


झापाको कचनकवल गाउँपालिका ५ पाठामारीको बेल्ले गाउँमा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
आइतवार बिहान तीनजना किशोरी एकै ठाउँमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् । सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा उनीहरू झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रुखमा झुण्डिएको अवस्थामा फेला परेकामा कचनकवल– ५ निवासी १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेको प्रहरीले जनाएको छ । उनीहरू तीन जना नै सुनकोशी चिया बगानमै कार्यरत रहेको बताइएको छ ।