टिपर चलाउन रोक


बाराको सिमरा–कोहल्वी सडकखण्ड अन्तर्गत दूरसञ्चारदेखि विमानस्थल हुँदै विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ सम्मको करिव ५ किलोमिटर सडकमा स्थानीयले टिपर चलाउन रोक लगाएका छन् । जीर्ण सडक मर्मत नभएको भन्दै स्थानीयहरुले टिपर चलाउन रोक लगाएका हुन् ।
साँघुरो सडकमा तीव्र गतिमा बालुवा बोकेर गुँडेका टिपरहरुका कारण दुर्घटनाको जोखिम बढेको तथा स्वास्थ्यमा समेत गम्भीर समस्या देखिन थालेको भन्दै स्थानीयहरुले ५ दिनदेखि सो क्षेत्रमा टिपर चलाउन रोक लगाएका हुन् ।
जीतपुर सिमरा उपमहानगर वडा नं १ का स्थानिय मदनबहादुर क्षेत्रीले तीव्र गतिमा गुडेका टिपरका कारण धुलो उडेर घरमा बस्न समेत समस्या हुने गरेको बताए ।