गीत अतिक्रमण गरेको भन्दै रेखा शाहले दिइन् प्रेमराजा महतविरुद्ध निवेदन


चर्चित गीत ‘सिमसिमे पानी’को आधारिकता विवाद पुनः ब्युँतिएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।

उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् ।

गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका महतले एकलौटी रुपमा गीतको अतिक्रमण गरेको आरोप पनि उनले लगाएकी छन् ।