नेपाल सरकार गृह-मन्त्रालयको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भएका प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यलय मातहतका सम्पुर्ण प्रहरी कार्यालय प्रमुखहरुसंगको भिडियो कन्फेरेन्स मार्फत ११ ओटै जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरी जनशक्तिका विषयमा जानकारी लिनुभयो ।
प्रतिक्रिया