काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको नयाँ प्रक्रिया अघि बढाएको छ।
पार्टीले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको हो।
आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवारीका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ।
महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बैठक बसेको थियो।
रास्वपाले उक्त प्रक्रियामार्फत स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिलाई अवसर दिने तयारी गरेको छ।

















प्रतिक्रिया