पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको हो । ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।
पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थियो । अर्को मजदुरको शव नै फेला परेको थियो । घटनापछि स्थानीयले काममा ढिलाइ गरेको भन्दै नगरप्रमुखसँग आक्रोशित बनेका थिए ।
सोही क्रममा उनीहरुले मेयर भुसालको घरमा तोडफोड गरेका हुन् । तोडफेडपटि नगरपालिकाले सुरक्षा सकृयता बढाएको छ ।
प्रतिक्रिया