दक्षिण कोरियामा आयोजना भएको वृहत् सांस्कृतिक कार्यक्रममा दुई सय बढीको सहभागिता (फोटो फिचर)


दक्षिण कोरिया– पर्वत समाज, कोरियाले गर्मी विदाको अवसर पारेर सांकृतिक कार्यक्रम तथा वनभोज आयोजना गरेको छ । दक्षिण कोरियामा सक्रिय रहेको ‘पर्वत समाज दक्षिण कोरिया’ले दुई दिने वृहत् सांस्कृतिक कार्यक्रम तथा वनभोजको आयोजना गरेको हो ।

थेसंग्री योग नजिकै आयोजित वनभोजमा करिब दुई सय जनाको सहभागिता थियो ।

दक्षिण कोरियामा रहेका नेपालीहरू आफ्नो कामका कारण एउटै जिल्लाको भएर पनि भेटघाट गर्न नपाउने अवस्था भएको भन्दै विदाको अवसरमा कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा कोरियामा रहेका पर्वत जिल्लाबासीको उल्लासपूर्ण तरिकाले सहभागिता जनाएको आयोजनकले जनाएको छ । सहभागीहरूले पर्वत नै पुगेको जस्तो आत्मियता महसुस गरेको समेत बताएका थिए ।

कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाको साथमा लाइभ दोहोरी र विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रमोद भुसाल, अमृत चापागाँई, सन्जोग भुसाल, अनिस केसी, अनु अधिकारी, विपना अधिकारीले साङगीतिक प्रस्तुती पस्केका थिए ।