काठमाडौं– रोल्पामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खसेको थियो । पहिरोमा परेर रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ भने अर्का एक घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया