काठमाडौं– कुनै पनि खेलाडी मैदानमा आफ्नो टोलीलाई जीत दिलाउनका लागि उत्रिन्छ । खेलाडीले खेल जित्ने मनशाय राखेपनि उसलाई थाहा हुन्छ की खेलमा की जीत हुन्छ या हार हुन्छ । तर कुनैपनि खेलाडीलाई खेलिरहँदा मैदानमा नै सँधैको लागि अस्ताउँछु भनेर पक्कै पनि कल्पना गरेको हुँदैन ।
तर, अष्ट्रेलियाको ब्याटर फिलिप ह्युजमाथी भने मैदानमा उत्रँदा कल्पना नगरेको घटना घट्यो । सन् २०१४ को नोभेम्बर २५ को दिन । साउथ अष्ट्रेलिया र इङल्याण्डको बिचमा सिड्नी क्रिकेट मैदानमा एक दिवसिय खेल भइरहेको थियो । मैदानमा साउथ अष्ट्रेलियाका ब्याटर फिलिप ह्युज ब्याटिङ गरिरहेका थिए भने बलिङ इङल्याण्डबाट खेलिरहेका राइट ह्यान्डेड फास्ट बलर सेन एबटले गरिरहेका थिए ।
अस्टे«लियाका ओपनर ह्युजले आफ्नो टोलीको लागि ६३ रन बनाएका थिए । सोहि बेलामा एबटले १४० किलोमिटर प्रतिघण्टाको स्पिडले बलिङ गरे । सो बललाई हुक सट गर्नबाट ह्युज चुके । संयोगवस तीव्र गतिमा आएको बल उनको घाँटीमा प्रहार भयो र उनी मैदानमा ढले ।
मैदानमा उनी घाइते भएर ढलेपछि उनलाई सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालमा पुर्याइएको थियो । उनको अस्पतालको उपचारको क्रममा दुई दिनपछि मष्तिस्कमा रक्तश्रावका कारण मृत्यु भयो ।
उनलाई सँधैका लागि ६३ रन नट आउट खेलाडी पनि भनिन्छ ।
सन् १९८८ नोभेम्बर ३० मा जन्मिएका फिलिपले २०१३ मा श्रीलंकासँग खेल्दै ओडिआईमा डेब्यु गरेका थिए । ओडिआईमा २५ खेल खेलेका उनले ८२६ रन तथा दुई सतक र ४ अर्धसतक बनाएका थिए । तर उनको २५ औँ एक दिवसीय खेल नै अन्तिम खेल बन्न पुगेको थियो । २६ वर्ष पुग्नुभन्दा ३ दिन अघि उनी सधैँका लागि बिदा भए ।
उक्त घटनालाई एक दुखान्त घटना भएको र दोस कसैको नभएको भन्दै टुङग्याइएको थियो । उक्त खेलमा बलिङ गरिरहेका बलर सेन एबट भने हाल सिड्नी सिक्सर टोलीमा आवद्ध भएर खेल खेलिरहेका छन् ।
प्रतिक्रिया