चलचित्र ‘वर एन्ड वधु’ प्रदर्शनमा

504
Shares

काठमाडौं– आज (शुक्रबार)बाट सिनेमा हलमा ‘वर एन्ड वधु’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘वर एन्ड वधु’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरका हल यो फिल्मले मात्र पाएको छैन । हलमा अघिल्लो साताको फिल्म ‘सतीदेवी’ले पनि राम्रो शो पाएको छ ।

मिलन चाम्सले निर्देशन गरेको फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, किरण केसी, अंशु महर्जन, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रवीन्द्र खड्का, हिमेश पन्त लगायतको अभिनय छ ।

जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदिप बरालको डीओपी, प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ ।