काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार राष्ट्रिय सभागृहस्थित महाधिवेशनको मनोनयन दर्ता स्थलमा पुगेर भण्डारीले खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनले यसअघि नै उपसभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।
भण्डारीले आफ्नो उम्मेदवारीको मुख्य एजेन्डाका रूपमा ‘रूपान्तरित कांग्रेस’ निर्माणलाई अघि सारेका छन्। उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’लाई लक्ष्य बनाउँदै समयअनुकूल विचार र कार्यक्रमसहितको कांग्रेस निर्माणमा जोड दिएका छन्।
कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरिसकेको उल्लेख गर्दै भण्डारीले अब वर्तमान पुस्ताले पार्टीसँगै मुलुकको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आएका छन्।
भण्डारी १४औँ महाधिवेशनमा पनि उपसभापति पदका उम्मेदवार थिए। त्यतिबेला उनी शेखर कोइराला समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए।
१५औँ महाधिवेशनमा खुला उपसभापति पदका लागि कांग्रेसका अन्य नेताहरूले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।






















प्रतिक्रिया