हिन्दी सिरियल ‘क्यूँकी सास भी कभी बहू थी’ का अभिनेता विकास सेठीको निधन

1.6k
Shares

मुम्बई– भारतको टेलिभिजनदेखि बलिउड फिल्ममा समेत आफ्नो अभिनयको छाप छोड्न सफल अभिनेता विकास सेठीको निधन भएको छ । ४८ वर्षको उमेरमा उनको ८ सेप्टेम्बर अर्थात् सोमबार निधन भएको हो ।

उनकी पत्नी जाह्नवी सेठीले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएकी छिन्। उनको सोमबार मुम्बईको जोगेश्वरी पश्चिममा अन्तिम संस्कार गरिएको थियो । अन्तिम बिदाइका लागि थुप्रै कलाकारहरु पुगेका थिए ।

उनले एकता कपुरसँग कहीँ तो होगा, के स्ट्रीट पाली हिल र कसौटी जिन्दगी की जस्ता हिट शोमा काम गरेका छन् । क्यूँकी सास भी कभी बहू थीबाट भने उनलाई पहिचान मिलेको थियो ।

उनले कभी खुसी कभी गममा पनि काम गरेका छन् ।