
काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज नयाँ रेकर्ड राख्न सफल भएको हो ।
यसअघि गत भदौ २१ गते नयाँ रेकर्ड राख्दै प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा सून कारोबार भएको थियो। आज भने पछिल्लो रेकर्डभन्दा सय रुपैयाँ बढ्दै एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। हिँजो (मंगलबार) छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ८० रूपैयाँ पुगेको छ ।














प्रतिक्रिया