काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बूढीगण्डकी बाढीबाट प्रभावित ऋणीलाई कर्जाको साँवा–ब्याज भुक्तानी गर्न थप तीन महिनाको समय दिएको छ।
केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै बाढी प्रभावित ऋणीको वित्तीय अवस्था विश्लेषण गरी बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीका लागि तीन महिना थप समय उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकका अनुसार सहुलियत प्रदान गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीको वित्तीय अवस्थासँगै कर्जाको सदुपयोगितासमेत विश्लेषण गर्नुपर्नेछ। बाढीका कारण आर्थिक गतिविधि प्रभावित भएका ऋणीलाई कर्जाको साँवा तथा ब्याज भुक्तानीमा सहजता प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
यस व्यवस्थाबाट भोटेकोशी तथा बूढीगण्डकी बाढीबाट प्रभावित भई कर्जा भुक्तानीमा समस्या भोगिरहेका ऋणीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया