रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि

576
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठान कमलादीमा बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ। भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ।

भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक÷उपसंयोजक, प्रदेशको समिति÷विभाग, केन्द्रीय समिति÷विभाग÷ आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ।