काठमाडौं– औपचारिक भ्रमणका लागि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना रसिया प्रस्थान गरेकी छन् । उनी फ्लाई दुबईको उडानबाट रसियाको भ्रमणमा गएकी हुन् ।
उनले रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिने जनाइएको छ । रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गतेसम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुन लागेकी हुन् ।
उपसभामुख रानाले उक्त फोरमलाई सम्बोधन गर्ने बताइएको छ । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया