१०औं संविधान दिवसमा प्रधानमन्त्रीको प्रतिवद्धताः सांसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रकृया अघि बढ्दैन

792
Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रकृया अघि नबढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१०औं संविधान दिवसको अवसरमा सैंनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकको अप्ठ्यारा परिस्थितिलाई चिर्नका लागि गर्न लागिएको संविधान संसोधनमा सबै दल र समूदायको सहभागीता सुनिश्चितता गर्ने बताएका छन् ।

‘जनतामा देखिएको चरम निरासालाई कम गर्न बाहेक यो सरकारको अरु ध्यान हुँदैन । संविधानलाई जीवन्त बनाउनेबोह यो सरकारको अरु कुरा सोच्दैन । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्यामा मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने छ ’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने ।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।