सहकारी ठगी प्रकरणमा प्रहरीले बढायो रविमाथि उच्च निगरानी, जुनसुकै बेला पक्राउ गर्न सक्ने

936
Shares

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले निर्देशन दिएको छ ।
प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए।

निर्देशन पाए लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई नियन्त्रणमा लिएको थियो। यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति, प्रतिनिधि सभाका सांसद तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई समेत पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो।

सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि प्रहरी स्रोतले बताएको छ। समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जुनसुकै समयमा पक्राउ गर्न सक्ने जनाइएको छ ।