टिकट काटेर यात्रा गर्न नपाएका यात्रुसँग नेपाल एयरले अतिरिक्त शुल्क नलिने


काठमाडौं– नेपाल एयरलाइन्सले शुक्रबारदेखि बुधबार (२७ सेप्टेम्बर देखि २ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ ।

अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो ।

सोही अनुसार यात्रुसँग थप शुल्क नदिने निर्णय भएको नेवानिका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार सो सुविधा ११ अक्टोबर ९२६ असोज० सम्म उपयोग गरिसक्नु पर्ने समेत निर्णय भएको छ ।