किचनमा म्याद सकिएका सामान फेला परेपछि एभरेष्ट होटललाई तीन लाख जविराना


काटमाडौं– दसैँ तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा सरकारले बजार अनुगमन बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि दुईवटा पाँचतारे होटललाई कारबाहि गरेको छ ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटेल र बबरमहलस्थित बसेरा होटेललाई विभागले तीन–तीन लाख रुपैयाँ जरिवाना तिराएको हो ।

विभागका महानिर्देशक राजन पौडेलका अनुसार एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको थियो । बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ ।

चाडबाड नजिकिएसँगै अनुगमन बढाएको विभागले जनाएको छ । विभागले सोमबार मात्र कुल ३९ फर्मको अनुगमन गरेको छ ।