धेरै नुन खानु स्वास्थ्यका लागि बेफाइदा, मुटुदेखि मृगौलासम्म निम्त्याउन सक्छ समस्या

432
Shares

काठमाडौं– कुनै कुरामा केही कमी भयो भने एउटा भनाई फ्याट्टै आउँछ । कस्तो नुन बिनाको तरकारी जस्तै भयो । वास्तवमा नै नुन बिनाको तरकारीको स्वाद नै हुँदैन ।

नुनबिनाको खाना स्वादिलो मात्र हुँदैन मानिसपनि विभिन्न रोगको शिकार पनि बन्छ । त्यसैले खानालाई स्वादिलो बनाउन मात्र हैन मानव जीवनका लागि पनि नुन अत्यावश्यक छ। नुनमा पाइने सोडियम शरीरमा पानीको उपयुक्त मात्रा कायम राख्न महत्वपूर्ण हुन्छ। यसले शरीरका कोषहरूलाई पोषकतत्व सोसेर लिन मद्दत गर्छ।

शरिरमा नुनले प्रदान गर्ने सोडियमको मात्रा कमी हुँदा भ्रमित हुने, दिग्दार लाग्ने, बान्ता आउने, काम्ने र कोमामा नै पुग्ने अवस्था पनि निम्त्याउन सक्छ।

शरिरको लागि अत्यावश्यक नुनको आवश्यकताभन्दा बढी प्रयोग गर्यो भने यसले शरिरमा नकारत्मक असर पनि हुने गर्छ । त्यसैले विश्व स्वास्थ्य सङ्गठन, डब्लूएचओले नुन दैनिक रुपमा कति खाने भनेर निश्चित मात्रा तोकेको छ । डब्लूएचओले दैनिक पाँच ग्राम नुन खानका लागि सिफारिस गरेको छ। पाँच ग्राम नुनमा दुई ग्राम सोडियम हुन्छ। त्यो भनेको झन्डै एक चिया चम्चा बराबरको नुन हो।

तर विश्वव्यापी औसत रुपमा मानिसहरुले एक जना बराबर सिफारिस गरिएको भन्दा दुई गुणा बढी नुनको प्रयोग गर्छन् । एक जना मानिसले औसत रुपमा करिब ११ ग्राम नुन खपत गर्ने गरेको छ । जसकारण शारीरिक समस्या पनि निम्त्याउने गर्छ । धेरै नुन सेवन गरेमा मुटुरोग, पेटको क्यान्सर, मोटोपन, हाड कमजोर बनाउने तथा मिर्गौलासम्बन्धी रोगहरू समेत निम्त्यान सक्छ ।

हरेक वर्ष विश्वमा १८ लाख ९० हजार मानिसको त धेरै नुन सेवन गरेका कारणनै मृत्यु हुने गरेको अनुमान डब्लूएचओले गरिरहेको छ । विश्वभरि एक अर्ब भन्दा बढी मानिसहरू उच्च रक्तचापबाट पीडित छन्। नुनको सेवन कम गर्दा यसको रोकथाम र उपचारमा मद्दत पुग्न सक्ने बताइन्छ ।

तर अत्याधिक नुनको सेवनले स्वास्थ्यमा समस्या निम्त्याउने थाहा हुँदा हुँदै पनि खानेकुरामा एकैपटक नुनको मात्रामा कम गर्न असहज हुनसक्छ । त्यसैले खानेकुरामा थोरै थोरै गर्दै नुनको मात्रा घटाउँदै लगेर यसको सेवन कम गर्न सकिन्छ ।