बोपाराको अर्धशतकमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य


काठमाडौं– नेपाल प्रिमियर लिगमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य पेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन जोड्यो । चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए ।

३८ बलको सामना गरेका उनले समान ३ छक्का र चौका हिर्काउँदै ५१ रन जोडे । त्यस्तै कप्तानसमेत रहेका मार्की खेलाडी कुशल मल्लले ३८ रन जोड्दा लुक बेनकेन्सटाइन १६, हसन एइसाखिल १४,अमरसिंह रौटेला १३ तथा सन्तोष कार्की र शरद भेषावकरले समान ११ रन जोडे ।

बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुईदुई तथा सागर ढकालले एक विकेट लिए ।