काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
काठमाडौंले आज सिजनको पहिलो खेल खेल्दैछ भने जनकपुर पहिलो जितको खोजीमा छ। यसअघिको खेलमा जनकपुर पराजित भएको थियो।
काठमाडौंका कप्तान करण केसीले अहिलेको परिस्थितिमा राम्रो लक्ष्य दिन सहज हुने विश्वाससहित ब्याटिङ रोजेको बताए। जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन्। आजको खेलमा जनकपुरले जिमी निसमलाई बेन्चमा राखेको छ।

















प्रतिक्रिया