काठमाडौँ- दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय सन्दीप वलीको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका ४ मा लु।प्र (०२(००१ प १७१७ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका वलीको बुधबार बिहान पौने ६ बजे मृत्यु भएको छ।
इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नेपालगन्ज नर्सिङ होममा उनको उपचारका क्रममा मृत्य भएको छ ।
आइतबार भएको दुर्घटना १६ वर्षीय दिपेन्द्र वलीको मृत्यु भएको थियो भने १७ वर्षीय गणेश खड्का घाइते भएका छन्। उनको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया