काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल ) प्रतियोगितामा लुम्बिनी लायन्सको प्लेअफ चरणमा पुग्ने सम्भावना सकिएको छ । छ खेल खेलेको लुम्बिनीले पाँच खेल गुमाउँदा प्लेअफ यात्राबाट बाहिरिने पहिलो टोली बनेको हो ।
काठमाडौंको कीर्तिपुरस्थित रंगशालामा बुधबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनीलाई १८ रनले हराएको हो । काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अलआउट भएको थियो ।
लुम्बिनीका लागि सन्दीप जोराले २६ तथा उन्मुक्त चन्दले १४ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा करण केसीले चार तथा दिपेश कँडेलले तीन विकेट लिए । जेरार्ड एरास्मसले २ विकेट लिँदा रासिद खानको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर विरुद्ध पहिले ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भएको थियो । काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन जोडे । डान डौथवेट २१ र प्रतिक श्रेष्ठ २० रनमा आउट भए । कप्तान करण केसी १ रनमै आउट भए ।
बलिङतर्फ लुम्बिनीका साद विन जफरले ३ तथा अभिशेष गौतम र रामोन सिमण्ड्सले समान २ विकेट लिए । विवेक यादव र सूर्य तामाङको नाममा समान एक विकेट रह्यो ।
काठमाडौं गुर्खाजको भने यो पाँचौँ खेलमा दोस्रो जीत हो । यसअघि काठमाडौंले कर्णार्ली याक्सलाई हराएको थियो ।
प्रतिक्रिया