काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्र सिंह ऐरी भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनी फ्रीमांसको नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
फ्रीमांसले नेपाली बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने उद्देश्यसहित ऐरीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। कम्पनीका अनुसार यो सहकार्य नेपालमा ब्रान्डको विस्तार र बजार प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि हो।
यस साझेदारीसँगै फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा व्यावसायिक साझेदारहरूसँगको सम्बन्ध थप मजबुत बनाउने लक्ष्य लिएको छ।
कम्पनीले नेपालमा आफ्ना उत्पादनबारे जनचेतना बढाउनुका साथै बजारमा माग विस्तार गर्ने योजनासमेत अघि सारेको छ। विशेषगरी मेजरिङ टेप, पावर टुल्स तथा ह्यान्ड टुल्सलगायतका उत्पादनलाई नेपाली उपभोक्तामाझ परिचित गराउने कम्पनीको उद्देश्य रहेको छ।
नेपाली क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शन र लोकप्रियताका कारण पहिचान बनाएका दीपेन्द्र सिंह ऐरीसँगको सहकार्यले ब्रान्डको प्रचारप्रसारमा थप सहयोग पुग्ने कम्पनीको विश्वास छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीहरूको बढ्दो लोकप्रियतासँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली क्रिकेटरलाई आफ्नो प्रचार अभियानमा जोड्न थालेका छन्।
फ्रीमांससँगको यो साझेदारीले दीपेन्द्रको खेलकुद क्षेत्रबाहिरको व्यावसायिक पहिचानलाई समेत थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया