२२०० ले घट्यो सुनको भाउ


काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आज भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।