काठमाडौँ दाङ कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् । केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुने बापत पाँचदेखि ८ सय र मुढा बनाएर मासिक चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन्। उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गर्दै आयका छन्।
घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्छन्। घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गरेको छ ।
कार्यालय प्रमुख राठौरको अनुसार उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ र भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन् । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर स्टल नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ।एक सय जना क्षमताको कारागारमा ४१५ जना बन्दी रहेका छन्।
प्रतिक्रिया