सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लिला पछाई ३७ लाख धरौटी बुझाएर रिहा


काठमाडौँ- सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लिला पछाई ३७ लाख धरौटी बुझाएर रिहा भएकी छन्। कास्की जिल्ला अदालतले बिहीबार उनलाई धरौटीको लागि ३७ लाख रकम तोकेको थियो। अन्य ६ जना आरोपीहरूले बिहीबार नै धरौटी बुझाएर रिहा भएपनि लीलाले त्यस दिन धरौटी बुझाउन सकिनन्, तर आज उनले धरौटी बुझाएर रिहा भएकी हुन्।

लिलाले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा बढी रकम आफ्नो बैंक खातामा राखेको आरोपमा पक्राउ परेकी थिइन। प्रहरीले उनलाई गत असोज १५ गते पक्राउ गरेको थियो।