काठमाडौं- नागार्जुन नगरपालिका(६ ह्वाइट गुम्बा नजिकै एस्काभेटरको ठक्करबाट ११ वर्षीया बालिका अनुसा तामाङको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको यस दुर्घटनामा एस्काभेटरको ठक्करबाट गम्भीर घाइते भएकी अनुसालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो।
सोही नगरपालिका ६ बस्ने पंचकुमारी तामाङकी छोरी अनुसा सडकमा हिँडिरहेको बेला एस्काभेटरको ठक्करमा परेकी थिइन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।
प्रतिक्रिया