हुम्लामा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते


काठमाडौं – हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो। यस अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जानकारी अनुसार, दुर्घटनामा ज्यान गुमाउनेहरूमा १६ जना पुरुष, ५ जना महिला र ३ जना बालबालिका रहेका छन्।

आर्थिक वर्ष अनुसार विवरण:

  • ०७४/०७५ मा १ जना पुरुषको सवारी दुर्घटनामा ज्यान गएको छ भने एक जना पुरुष गम्भीर घाइते भएका छन्।
  • ०७५/०७६ मा ट्रयाक्टर दुर्घटनामा १ जना पुरुषको मृत्यु भएको छ।
  • ०७६/०७७ मा ५ जना पुरुष र १ जना महिलाले ज्यान गुमाएका छन्।
  • ०७७/०७८ मा ३ जना पुरुष र २ जना महिलाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्।
  • ०७८/७९ मा १ जना बालकले ज्यान गुमाएका छन्।
  • ०७९/०८० मा १ जना पुरुषले ज्यान गुमाएका छन् भने २ जना गम्भीर घाइते भएका छन्।
  • ०८०/०८१ मा २ जना पुरुष, १ जना महिला र १ जना बालकले ज्यान गुमाएका छन्।
  • ०८१/०८२ मा ३ जना पुरुष, १ जना महिला र २ जना बालकको ज्यान गएको छ।