स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा अहिले पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ रवि लामिछानेको पक्षमा वकालत गरिरहेका छन्। यसअघि पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले पनि रविको पक्षमा बहस गरेका थिए।
रमण श्रेष्ठ र सुशील पन्तले सरकारी वकिलका तर्कहरूलाई काट्दै रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने जरुरी छैन भन्ने विचार राखेका छन्। उनीहरूले रवि लामिछानेले कार्यालय समयमै आफैं उपस्थित भएको तथ्य प्रस्तुत गर्दै, उहाँ भागेर जान नजाने बताएका छन्।
तर, सरकारी वकिलले भने थुनामा राखेर अनुसन्धान जारी राख्नुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया