राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले बुझाए धरौटी रकम


राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा अदालतको आदेशानुसार ६० लाख रुपैयाँको धरौटी बुझाएका छन्। लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रूपमा पेश गरेका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अब लामिछानेले हिरासत बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्।