काठमाडौँ – प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको चरित्र हत्या गर्ने आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
साइबर अपराध ब्युरोले काठमाडौँको हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, प्रधान र पीडित युवती बीच प्रेम सम्बन्ध रहेको र त्यसपछि सम्बन्ध बिग्रिएपछि उनले युवतीको अनुहारमा नग्न महिलाको तस्बिर जोडेर चरित्र हत्या गरेको आरोपमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा अनुसन्धान गर्दा प्रधानको संलग्नता पत्ता लागेपछि उनलाई बिहीबार पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको साइबर अपराध ब्युरोले बुधबार जानकारी दिएको छ।
प्रधानमाथि साइबर अपराधमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद पाइएको प्रहरी सूचना अधिकारी दीपकराज अवस्थीले बताएका छन्।
प्रतिक्रिया