काठमाडौं- काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू वाग्मती सफाइ अभियानमा सक्रिय रूपमा सहभागी हुन थालेका छन्। शनिबार महानगरपालिका(९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा तिलगङ्गा निलो पुल क्षेत्रमा सफाइ कार्यक्रम सम्पन्न भएको थियो।
सफाइ महाअभियानको ६१०औँ हप्ता वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, र कामनपा ११ का अध्यक्ष हिरालाल तन्डुकारजस्ता जनप्रतिनिधिको सक्रिय सहभागिता रहेको छ । प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्याललगायत स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति भएको छ ।
वाग्मती किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन। कामनपा वातावरण विभाग टेकुको सहयोगमा ट्रकमार्फत फोहर उठाइएको छ । नयाँ कार्य योजना भइरहेको छ । कामनपा वडा नं ९ र ८ को संयुक्त पहलमा महानगरीय प्रहरी बलका २० जनाले तिलगङ्गा पुलदेखि प्रयागघाटसम्म सरसफाइ र बिरुवा गोडमेल गर्ने योजना छ ।
गत शनिबार वडा नं ८ का अध्यक्ष आशामान सँगतको नेतृत्वमा पशुपति क्षेत्रस्थित नदी किनारमा सफाइ कार्यक्रम सम्पन्न भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। यसले वाग्मती नदीको सौन्दर्य र वातावरणीय स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ। महानगरका जनप्रतिनिधि, स्थानीयवासी, र विभिन्न निकायबीचको समन्वयले यो अभियान थप प्रभावकारी हुँदै गएको छ।
प्रतिक्रिया