काठमाडौँँ- पोखरामा आजदेखि दाइँ महोत्सव सुरु भएको छ। परम्परागत खेती प्रणालीलाई नयाँ पुस्ता र विदेशी पर्यटकहरूबीच चिनाउन तथा पर्यटन प्रवर्द्धनको उद्देश्यले पोखरा पर्यटन परिषद्को आयोजनामा महोत्सव सुरु गरिएको हो। असारमा लगाइएको धान परम्परागत शैलीमा दाइँ गरेर भित्र्याउने प्रक्रिया प्रदर्शन हो । सहरीकरण र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख परम्परालाई पुस्तान्तरण गर्ने प्रयास रहेको छ ।
पोखरालाई सबै मौसमका लागि गन्तव्य भन्ने नारासहित ‘अफ सिजन’मा पनि पर्यटक आकर्षित गर्ने। विदेशी तथा आन्तरिक पर्यटकलाई नेपालका परम्परागत कृषि प्रणाली र महोत्सवको प्रत्यक्ष अनुभव गराउने र स्थानीय उत्पादन र संस्कृति जोगाउने प्रयास रहेको छ ।
खेतीयोग्य जमिनको संरक्षण र परम्परागत खेतीप्रति युवापुस्तालाई अभिप्रेरित गर्ने ,दहीच्युरा खाने परम्परा र असारे भाकालाई जीवन्त राख्ने। पोखराका पर्यटकलाई परम्परागत खेती प्रणालीको प्रदर्शन।
तारानाथ पहारी (अध्यक्ष) पोखरा पर्यटन परिषद्म महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्दै पर्यटन प्रवर्द्धन गर्नेछ।
जीवनराज सापकोटा (महासचिव) ले पोखराको खेतीयोग्य जमिनको खण्डीकरण रोक्न र उत्पादन बढाउन महोत्सवले योगदान गर्नेछ।
दाइँ महोत्सवले पोखरा र गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै पर्यटकलाई नयाँ अनुभव दिने र परम्परागत कृषि प्रणालीलाई संरक्षण गर्न योगदान गर्नेछ ।
प्रतिक्रिया