काठमाडौँँ- रुपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्धको मुद्दालाई जिल्ला अदालतमा पठाएको छ। यो मुद्दा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसँग सम्बन्धित छ।
पूरक अभियोजन अन्तर्गत २२ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि अदालतमा पठाइएको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले यस बारे जानकारी दिएका छन्।
प्रतिक्रिया