काठमाडौँ- प्यालेस्टिनी समूह हमासले युद्धविरामको पहिलो चरणमा तीन महिला बन्धकलाई रिहा गर्ने घोषणा गरेको छ। सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरिएको पोस्टमार्फत हमासले डोरोन स्टेनब्रेचर, एमिली डमारी, र रोमी गोनेनलाई रिहा गर्ने जनाएको हो।
यी तीन महिलालाई हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो।
डोरोन स्टेनब्रेचर ३१ वर्षकि हुन् र उनि पेशाले पशु चिकित्सा नर्स हुन् । हमासले आक्रमण गर्दा उनी किबुट्ज केफर अजाको अपार्टमेन्टमा थिइन्।
एमिली डमारी २८ वर्ष कि हुन् र उनिसँग बेलायतको र इजरायलको दोहोरो नागरिकता छ । उनलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो।
उनकी आमा म्यान्डीले नोभेम्बरमा रिहा भएका बन्धकहरूले एमिलीलाई भेटेको जानकारी दिएका थिए।
रोमी गोनेन २४ वर्ष कि हुन् । उनले सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेर बन्धक बनेकी थिइन्। उनकी आमा मेराभ लेसेम गोनेनले संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै बन्धकहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय सहयोगको अपील गरेकी थिइन्।
यी तीन महिलालाई हमासले दक्षिणी इजरायलमा आफ्नो आक्रमणपछि बन्धक बनाएको थियो। हमासले यी नामहरू पहिलो चरणको युद्धविरामको सुरुवातमा सार्वजनिक गरेको हो।
प्रतिक्रिया