ओम अस्पतालको पर्खालमा चल्यो डोजर


काठमाडौं- महानगरपालिकाले चाबहिलस्थित ओम अस्पतालको कम्पाउन्ड पर्खालमा डोजर चलाएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत डोजर चलाइएको हो। अस्पतालले सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेको छ।

डोजर धोबीखोला करिडोरसँगै रहेको पर्खाल र अन्य अतिक्रमित संरचनाहरूमा चलाइएको छ।

२०७९ सालमा बालेन्द्र शाह (बालेन) मेयर निर्वाचित भएपछि सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरूमा डोजर चलाउने कार्यलाई तीव्रता दिइएको छ। धोबीखोला करिडोरका अन्य संरचनाहरू पनि यसै क्रममा भत्काइएका छन्।